लिभरपुल-युरोपा लिगको अन्तिम १६ मा

काठमाडौं । लिभरपुल युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहीबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले लास्क (एलएएसके) लाई ४-० ले पराजित गर्दै समूह विजेताका रुपमा नकआउट चरणमा स्थान बनायो।

लिभरपुलको जितमा लुइस डियाज र कोडी गाक्पोले पहिलो हाफमा २ गोल गर्दा सलाहाले दोस्रो हाफमा पेनाल्टी मार्फत तेस्रो तथा इन्जुरी समयमा गाक्पोलेनै ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरेका थिए।

जितसँगै लिभरपुल समूह ‘इ’ मा ५ खेलबाट १२ अङ्कका साथ शीर्ष स्थानमा रहैदै समूह विजेता बन्यो। दोस्रो स्थानमा रहेको टउलोसको ८ अङ्क रहँदा युनियन सेन्ट जिलियसको ५ र लास्कको ३ अङ्क रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर