नक्कली भुटानी शरणार्थी प्रकरण : आज फैसला आउने सम्भावना

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूले हालेको पुनरावेदनमाथि उच्च अदालत पानटले आज फैसला सुनाउने सम्भावना छ । बिहीबार पुनरावेदन निवेदनमाथि बहस सकिएपछि आज फैसला आउने सम्भावना देखिएको हो । यही ५ मंसिरमा सुरु भएको बहस बिहीबार सकिएको हो ।

बिहीबार न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा सुनुवाइ भयो । मंगलबार निवेदक पक्षका अधिवक्ताहरूले बहस सकेलगत्तै सरकारी वकिलले बहस सुरु गरेका थिए । बुधबारसम्म सरकारी वकिलले बहस गरेका थिए । बिहीबार सरकारी वकिलले गरेको बसहमाथि निवेदन पक्षका वकिलहरूले जवाफी बहस गरेका थिए । बिहीबार दुवै पक्षको बहस सकिएको छ ।

उच्चपदस्थहरू जोडिएको यो मुद्दामा जिल्ला अदालत काठमाडौंले आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनीहरूले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर