पेट्रोल-डिजेलको भाउ घट्यो
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। नेपाल आयल निगमले शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रुपैयाँ डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ घटाएको जानकारी दिएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै खाना पकाउने ग्यासमा २१ रुपैयाँ १४ पैसा बढाएर पठाएको छ। तर निगमले ग्यासको भाउ यथावत राखेको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ।