राप्रपा सांसद राणा भारतीय नम्बर प्लेटको गाडी चढेर सिंहदरबारमा

काठमाडौं । राप्रपाकाका महामन्त्री तथा सांसद धवलशमशेर राणा सवार भारतीय नम्बर प्लेटको गाडी सिंहदरबारबाट बाहिर निकालिएको छ । भन्सार अनुमतिको म्याद सकिएको भारतीय नम्बर प्लेटको गाडीमा सांसद राणा आज अपरान्ह सिंहदरबार पुगेका थिए ।

भन्सार अनुमति पास समेत नभएको गाडीमा गएको पाइएपछि राणासहित गाडीलाई बाहिर निकालेको प्रहरीले जनाएको छ । यद्यपि राणाले भने आफू भारतबाट आएका नातेदारको गाडीमा सिंहदरबार पुगेको बताए । थाहा नभएकोले गाडी लगेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर