शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १८.०६ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ५३ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज एक अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कमनिीको शेयरमूल्य आज ५.६३ प्रतिशतले बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज विजय लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाइटेड इदिमर्दी आरबी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयरको भएको छ । आज यस बैंकको ११ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर