चार उच्च अदालतका इजलासमा श्रव्यदृश्यमार्फत मुद्दाको सुनुवाइ सुरु

काठमाडौं । जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडा उच्च अदालतका इजलासमा श्रव्यदृश्य संवाद (भिडियो कन्फ्रेन्स) मार्फत मुद्दाको सुनुवाइ सुरु भएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच देशका चार ठाउँका उच्च अदालतका इजलासको शुभारम्भ गरेका छन् । कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले अब आ–आफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताए । उनले नेपालको भू–भाग र भूधरातलीय स्थिति हेरेर दुर्गमका जनतालाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको उल्लेख गरे ।

प्रधानन्यायाधीश श्रेष्ठले यसभन्दा अघि सर्वोच्च अदालतले दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ सुरु गरेको थियो । अब मुद्दाको फर्छ्योट चाँडै हुने, कम खर्चिलो हुने र न्यायमा पहुँच सरल हुने र कानुन व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर बहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने पनि श्रेष्ठले बताए । उनले आगामी दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ गर्ने अभियान विस्तार गर्ने जानकारी पनि दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर