लगातार तीन दिन नयाँ रेकर्ड राखेको सुन बिहीबार स्थिर

काठमाडौं । आज बिहीबार सुनको भाउ स्थिर रहेको छ । लगातार तीन दिन नयाँ रेकर्ड राखेको सुन बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । । दोस्रो पीएसभी इन्दोभानको ८ र तेस्रो लेन्सको ५ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर