एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन् ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याइने एमालेले जनाएको छ ।

जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू बैतडीको झुलाघाट पुगिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर