सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । एकैदिन एक हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७५० रुपैयाँ रहेको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य तोलामा एक लाख १७ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला एक हजार ५ सय रुपैयाँ रहेकोमा आज बढेर एक हजार ५२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर