छोरीलाई करणीको प्रयास गर्ने पूर्वसई पक्राउ

काठमाडौं । आफ्नै छोरीमाथि करणीको प्रयास गर्ने धनगढीका एक पूर्वसई पक्राउ परेका छन् ।

गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढीकै पन्त थरका ती अन्दाजी ५० वर्षीय पूर्वसईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय छोरीले उजुरी दिएकी थिइन् । त्यसपछि फरार रहेका उनलाई केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन् । घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेका थिए । घटना असोज १३ गते रातिको भएपनि आफ्ना बुवाविरुद्ध छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर