ग्रुप अफ डेथ – डर्टमण्ड अन्तिम १६ मा

काठमाडौं । बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार सिरि ए क्लब एसी मिलानलाई ३–१ गोल अन्तरले हराउँदै डर्टमण्ड प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको हो । ग्रुप अफ डेथ मानिएको समूहमा महत्वपुर्ण जित निकाल्दै एक खेल अगावै डर्टमण्डले नकआउट चरणमा आफुलाई सुरक्षित राख्यो ।

मार्को रिउसले पेनाल्टीमा गोल गर्दै डर्टमण्डलाई खेलमा अग्रता दिलाएका थिए । सेमुअल चुक्कुएजले पहिलो हाफ अघि मिलान क्लबका लागि बराबरी गोल गरेका थिए । दोस्रो हाफमा जेमी बायनो गिटेन्स र करिम एडेमीले लगातार दुई गोल गर्दै डर्टमण्डलाई महत्वपुर्ण जित दिलाए ।

सोही समूहको अर्को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी र न्युक्यासलले १–१ गोलको बराबरी खेल्दा त्यसको फाइदा डर्टमण्डलाई पुग्यो । डर्टमण्ड १० अंक सहित शीर्ष स्थानमा रह्यो र दोस्रो स्थानको पीएसजीसँग तीन अंकको अग्रता कायम राख्यो ।

पीएसजी ७ अंक सहित दोस्रो, न्युक्यासल र एसी मिलान ५ अंक सहित क्रमश तेस्रो र चौथों स्थानमा छन् । अन्तिम खेलको नतिजाले बाँकी तीन टिमको भविष्य तय गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर