रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार युक्रेनसंगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् । उनीहरुको कात्तिक २९ गते नै मृत्यु भएको दुतावासले पुष्टि गरेको छ ।

उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो । (तस्बिरःप्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर