बुधबारका लागि विदेशी मु्द्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मु्द्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। यसैगरी अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ रुपैयाँ रहेको छ। यूरो भने १ को खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

पाउन्‍ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४६ पैसा रहेको छ। यसैगरी क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६३ रुपैयाँ रहेको छ भने कतारी रियाद १ को खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा तथा मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ४८ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर