तनहुँमा रात्रिबस दुर्घटना दुईजनाको मृत्यु, ३४ घाइते

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रिबस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुईमध्ये एकको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताए । धनकुटाको साँघुरी गढी बस्ने  वर्ष ४५ को हस्त राई मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए ।

घाइतेको दमौलीस्थित रत्नहरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर