अनलाइन जुवा खेलाउने एक जना काँडाघारीबाट पक्राउ

काठमाडौं ।  झन्डै दुई करोड रुपैयाँको कारोबारसहित प्रहरीले अनलाइन जुवा खेलाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७ का आकाश रेग्मी रहेका छन् ।

उनले अनलाइन ग्याम्बलिङ र क्यासिनो गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा पैसा जितिन्छ भन्ने विश्वास दिलाएर हार/जित हुनेगरी सट्टेबाजी गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा हिजो साेमवार रेग्मीको घरमा छापा मार्दा अनलाइन जुवा खेलाउने सामग्रीसहित पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनको साथबाट दुई लाख २४ हजार रुपैयाँ र तीन सय अमेरिकी डलर, आईफोन, ल्यापटप लगायतका सामग्री पनि बरामद भएको छ । उनले विभिन्न एकाउन्टमा महिनैपिच्छेको हिसाबकिताब राखेको र मोबाइलमा अनलाइन जुवा खेल्दा पैसाको कारोबार हुने सिस्टम पनि देखिएको प्रहरीले जनाएको छ । उनले राखेको हिसाबकिताब अनुसार एक करोड ९५ लाख ९५ हजार रुपैयाँको अनलाइन जुवा र सट्टेबाजी भएको देखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर