प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा समसामियक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । छलफलसँगै दुई नेताले रेट्रोफिट गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यालयको अवलोकन समेत गरेका थिए ।

पछिल्लो समय कतिपय स्थानमा वर्तमान संविधान र व्यवस्थाविरुद्ध गतिविधि भइरहेको बेला दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर