हमासले बन्धक बनाएका थप ११ जना रिहाइ

काठमाडौं । हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ ।

इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ ।

‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना बन्धकहरू हाल इजरायली क्षेत्रतर्फ जाँदैछन्,’ सेनाले एक विज्ञप्तिमा भन्यो ।

उता, कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले ट्वीटरमा भनेका छन् कि इजरायली जेलबाट ३३ प्यालेस्टाइनीहरूलाई रिहा गरिने छ।

इजरायल र हमासले शुक्रबारदेखि गाजामा चार दिनका लागि लडाईं रोक्न सहमत भएपछि यस अवधिमा इजरायलले राखेका १५० प्यालेस्टिनी बन्दीहरूको बदलामा कुल ५० जना बन्धकहरूलाई रिहा गरिएको छ ।

गाजाबाट केही विदेशी कैदीहरूलाई छुट्टै रिहा गरिएको छ ।

यसअघि युद्धविरामको दुई दिनको विस्तारमा सहमति भएअनुसार गाजा पट्टीले इजरायली कैदीहरूको संख्याको तीन गुणाको सट्टामा प्रति दिन कम्तिमा १० जना बन्धकहरूलाई रिहा गर्नु पर्नेछ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर