आर्थिक प्रलोभन देखाई वित्तीय ठगी बढ्न थालेपछि सर्वसाधारणलाई राष्ट्र बैंकको सतर्कता

काठमाडौं । आर्थिक प्रलोभन देखाई हुने वित्तीय ठगी बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले त्यस्ता ठगीबाट बच्न सर्वसाधारणलाई सतर्क गराएको छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय सचेतना सम्बन्धित सन्देश जारी गर्दै अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन आग्रह गरेको छ  ।

राष्ट्र बैंकका अनुसार ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धन सम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बाहनाका सन्देश आउन सक्छन् ।

साथै, सो रकम वा सम्पत्ति प्राप्त गर्न केही रकम पठाउनु पर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनी सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाई ठगी गर्ने घटना संसारभर हुने गरेका छन् । यी सबै घटना वित्तीय ठगीका उदाहरण भएको राष्ट्र बैंकले बताएको छ ।

nrb(28)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर