जनताले गाउँ र देशै छाड्दा चौतर्फी समस्या निम्तियो : स्वास्थ्यमन्त्री

काठमाडौं । परम्परागत पेशा र परम्परागत लाभका क्षेत्रमा समेत खासै काम गर्न नसकेका राजनीतिक दलका नेताहरू बढ्दो जनसंख्या पलायनबाट चिन्तित देखिएका छन्‌ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार आयोजित एक कार्यक्रममा  जनताले गाउँ र देशै छाड्दा चौतर्फी समस्या निम्तिएको स्वीकारे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) को सहकार्यमा काठमाडौँमा ‘जनसङ्ख्या र बसाइँसराइ व्यवस्थापन सबलीकरणसम्बन्धी राष्ट्रिय परिसंवाद’ कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्न पुगेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री  बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई समाधान गर्न आवश्यक रहेको बताए ।

‘विभिन्न कारणले हिमाल र पहाडको जनसङ्ख्या घट्दै गएर तराई क्षेत्रमा बढेको र विदेशी मुलुकमा बसाइँसराइ गरेर जाने क्रम बढेको छ, गाउँमा जनसङ्ख्या न्यून हुँदै गएर देशलाई आवश्यक जनशक्ति प्राप्त हुन नसक्ने तर विकासका लागि बाह्य जनशक्ति ल्याउनुपर्ने अवस्था छ,’ मन्त्री बस्नेतले भने, ‘विकासका क्रियाकलाप व्यवस्थित गर्ने, सरोकारवाला निकायमा साझा अवधारणा निर्माण गर्ने, र बसाइँसराइमा देखिएका समस्या तथा चुनौतीलाई सामूहिक रुपमा सम्बोधन गर्नुपर्ने बेला आएको छ । संघीय, प्रादेशिक र स्थानीय गरी तीनवटै तहका सरकार यी समस्याबारे सजक हुन आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर