कांग्रेस सभापतिद्वारा तीन भ्रातृ संस्थामा अध्यक्ष नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् । सभापति देउवाले पार्टी आवद्ध भ्रातृ संघ (नेपाल प्रजातन्त्र सेनानी संघ) को अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेका छन् ।

पार्टीको विधानको धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध तीन वटा भ्रातृ संघमा अध्यक्ष नियुक्त गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर