गायक अधिकारीको बाल गीत ‘मनको रहर मन मनैमा’

काठमाडौं । गायक एवम् सङ्गीतकार अजय अधिकारी ‘सुशील’ को नयाँ गीत सार्वजनिक भएको छ । अधिकारीले बालबालिकाको चाहनामा समर्पित नयाँ गीत ‘मनको रहर मन मनैमा’ सार्वजनिक गरेका हुन् ।

यस गीतमा अभिभावकले आफ्नो चाहना छोराछोरीमा लाद्ने प्रवृत्तिको अन्त्य गरी बालबालिकाको आफ्नो चाहना पनि बुझ्नुपर्दछ भन्ने सन्देशसहित यो गीतको अडियो तथा भिडियो तयार पारिएको बताइएको छ । गीतमा प्रेम राई परीक्षितका शब्द छन् भने सङ्गीत र भिडियो निर्देशन अधिकारीले गरेका छन् । अर्नभ बनले स्वर दिएको यस गीतमा अभय अधिकारी, श्वेता तामाङ र दोर्जे शेर्पाले र्‍याप दिएका छन् । र्‍यापको शब्द रचना अजयले नै गरेका हुन् ।

यसको भिडियोमा अर्नभ बन, सदीच्छा भुर्तेल, सुशील फुयाँल, अजय अधिकारी र लक्ष्मी खतिवडाको अभिनय छ भने विशेष भूमिकामा गायक तथा र्‍यापर निर्णय एनएसकेले पनि अभिनय गरेका छन् । भिडियोमा अशोक ठकुरी, सोनम वाइबा र अरुण तामाङको नृत्य देख्न सकिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर