केपी ओली कप : मधेस सेमिफाइनलमा

काठमाडौं ।  मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै मधेस समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हाे । मधेस प्रदेश, नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशकाे समान २ अङ्क भए पनि नेट रन रेटमा अघि रहँदै मधेस सेमिफाइनलमा पुगेकाे हाे ।

पाेखरा रङ्गशालामा आज मङ्गलबार भएकाे खेलमा सुदूरपश्चिमले पुलिसलाई ४ विकेटले हरायाे । पुलिसले दिएकाे १ सय ५९ रनकाे लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका किरण ठगुन्नाले नट आउट ५१ र नरेन साउदले ३९ रन बनाए । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनायाे । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका विकाश आग्रीले २ विकेट लिए । यसअघि समूह ‘ए’ बाट बाग्मती प्रदेश, समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब सेमिफाइनलमा पुगेको थियो । अब समूह ‘डी’ बाट सेमिफाइनल पुग्ने टाेलीकाे टुङ्गाे लाग्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर