मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गर्‍यो

काठमाडौं । आज मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा आजको मूल्य ३०० रुपैयाँले बढी हो ।

त्यस्तै मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १५०० रुपैयाँमा कारोबार चाँदी आज सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर