प्रहरी जवानलाई गोली हान्ने असई निलम्बनमा

काठमाडौं । महोत्तरीमा आफ्नै प्रहरी जवानलाई गोली हान्ने असई निलम्बनमा परेका छन् । महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।

आइतबार अपराह्न असई यादवलाई प्रदेश प्रहरी प्रमुख डिआइजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए । कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असई बच्चा यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका थिए । घुमुवाबाट उठाइएको रकम मागेका सिपाही साहलाई गोली हानेर घटना लुकाउने खोजेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर