गौशालामा दुर्गा फोर्स र प्रहरीबीच झडप, धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

काठमाडौं ।  गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ । सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको क्रममा प्रहरी र प्रसाईंपक्षबीच धकेलाधकेल भएको हो । प्रदर्शनमा प्रसाईं पनि पुगेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रसाईंको आह्वानमा मंसिर ७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र तानाशाही’ शासनको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डा भएको प्रसाईंले बताउने गरेका छन् ।

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

गौशालामा भएको आन्दोलनको क्रममा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँको आव्हानमा आज गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर