पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने एक पक्राउ

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको गंगादेव गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने ३९ वर्षीय निमराज डाँगी रहेका छन् ।

डाँगीले जोनसन श्रेष्ठलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा एक लाख २० हजार रुपैयाँ मासिक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी दश लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंसिर १० गते आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर