राष्ट्रिय टोलीमा नपरेपछि ब्राभोले लिए संन्यास

काठमाडौं ।  वेस्ट इन्डिजका मध्यक्रमका अनुभवी ब्याट्सम्यान ड्यारेन ब्राभोलाई यसपटक राष्ट्रिय टोलीबाट खेल्ने पूर्ण विश्वास थियो । ब्राभोले आसन्न इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि मिहिनेत पनि गरेका थिए । तर, वेस्ट इन्डिज क्रिकेट बोर्डले आइतबार एकदिवसीय सिरिजका लागि राष्ट्रिय टोली घोषणा गर्दा ब्राभो परेनन् । राष्ट्रिय टोलीमा फर्कने सबै बाटो बन्द भएपछि उनले सोसल मिडियामा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएको घोषणा छन् । १४ वर्ष लामो करिअरबाट बिदा लिन कठिन भएको उनले जनाएका छन् ।

‘वेस्ट इन्डिज टोलीबाट खेल्ने सपना देखेको थिएँ, यसका लागि मिहिनेत पनि गरेँ,’ उनले भने, ‘मेरो लामो समयको प्रयासले केही काम गरेन, आजको दिनबाट राष्ट्रिय क्रिकेट टोलीबाट सन्न्यासको घोषणा गरेको छु ।’ एक दशक लामो समयसम्म राष्ट्रिय टोलीबाट खेल्न पाउँदाको क्षणलाई सधैँ सम्झिरहने उनले जनाएका छन् । ‘निःस्वार्थ रूपमा राष्ट्रका लागि खेलेँ, कहिले पनि टोलीको हितबाहेक मनमा आएन,’ उनी भन्छन्, ‘यहाँसम्मको यात्रामा सबैलाई धन्यवाद छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर