दुर्गा फोर्सको भक्तपुरमा गरिने विरोध प्रदर्शन स्थगित

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनको कार्यक्रम आजका लागि स्थगित गरिएको छ । दर्गा फोर्सले आज आइतबार भक्तपुर दरबारस्वायरमा विरोध प्रदर्शन गर्ने शनिबार जनाएको थियो ।

अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ। त्यसको सट्टामा आइतबार सांस्कृतिक कार्यक्रम हुनेछ। बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजी मल र रत्नपार्कमा एकैसाथ कार्यक्रम हुने जनाइएको छ। (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर