२१ वर्षीया निशाको युवती मगाएर यौनधन्धा लगाउने लाजमर्दो काम

काठमाडौं । मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा शनिबार इटहरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । २१ वर्षीया निशा कार्कीसहित इटहरी–९ बस्ने कृष्णहरी घिमिरेलाई पक्राउ गरिएको हो ।

उनीहरूले इटहरीबाहिरबाट युवती झिकाएर यौनधन्धामा संलग्न गराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उमेर हेरेर ५ हजारदेखि १० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको प्रहरीको भनाइ छ । इटहरी प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीका अनुसार इटहरी–६ कि निशा कार्कीले फोनमार्फत दुईजना युवती झिकाएर केटासँग पठाउन खोजेपछि शंका लागेर उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

दुवै जनालाई एक रातको १० हजार रुपैयाँका दरले निश्चित गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको कार्कीले बताए । पक्राउ परेका कार्की र घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर