उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं ।  उदयपुरमा पिकनिक गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको जलजलेस्थित अन्नपूर्ण बोर्डिङ स्कुलको बस दुर्घटनामा पर्दा दर्जनौँ जना घाइते भएको जनाइएको छ । पिकनिक गएको प्र-१-०५-००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटनाग्रस्त भएको हो । घटनामा मृत्यु हुनेमा बस चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ की ७ वर्षीया सौम्या चौधरी र ६ वर्षीय विकास चौधरी रहेका छन् ।

मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट-कटारी खण्डको उदयपुरगढी-७ अँधेरीस्थित जोगीनीटोल नजिकै घुम्ती सडकमा अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । स्कुल बस भए पनि पिकनिक लागि बस भाडामा लगेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर