दुर्गा प्रसाईं घरबाट मुक्त, प्रदर्शनमा भाग लिन सिफलतर्फ जाँदै

काठमाडौं । दुर्गा प्रसाईं सिफलमा हुने आन्दोलनमा सहभागी हुन निवासबाट निस्किएका छन् । शुक्रवार बिहानैदेखि नजरबन्द रहेका प्रसाईँ अहिले निवासबाट निस्केका हुन् । शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरियो ।

उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । सो सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हो ।

उनले निवासबाट नै हिजो ‘घरमा दुई जना डीएसपी आएर तपाई घरबाट बाहिर निस्किन पाउनुहुन्न’ भनेकाले आफू ननिस्किएको बताएका थिए । उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफलतर्फ लगिरहेको छ । युवा संघका नेता कार्यकर्ताहरूले बाटोमा अवरोध गर्न सक्ने भन्दै आफूहरू सचेत भएर आन्दोलनस्थलतर्फ गइरहेको प्रसाईं समूहका व्यक्तिहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर