हमासले छोडेका बन्धक लिएर रेडक्रस इजिप्ट पुग्यो

काठमाडौं ।  इजरायलमा  गत अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका २४ बन्धकहरूलाई इजिप्ट हुँदै इजरायल फर्कनका लागि रेडक्रसलाई सुम्पिएको छ । हमासले छोडेका बन्धक लिएर रेडक्रसका चार गाडी रफाह बर्डर काटेका छन् । रेडक्रसले २४ बन्धकलाई ल्याएको पुष्टि गरेपनि कुन देशका नागरिक हुन भन्ने बारे स्पष्ट गरेको छैन ।

यसअघि इजरायलले आफ्ना १३ नागरिकलाई हमासले छोडेको बताएको थियो भने थाईल्याण्डले आफ्ना १२ नागरिक छोडिएको बताएको थियो । हमासले शुरुवाती चरणमा बन्धक छोडेपछि अब इजरायलले इजरायली जेलबाट त्यसको तीन गुणा बढी प्यालेस्टिनी कैदीहरू महिला र किशोर किशोरीहरूलाई रिहा गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर