रिक्त रथि पदमा उपरथि अशोकराज सिग्देलको नाम सिफारिस

काठमाडौं । नेपाली सेनाले रिक्त रथि पदमा उपरथि अशोकराज सिग्देलको नाम सिफारिस गरेको छ ।

सैनिक मुख्यालयमा शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथि पदमा बढुवा गर्ने निर्णय गरेको हो । सेनाले रथि सीताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो ।

बलाधिकृत रथि सरोजप्रताप राणाले अवकाश पाएपछि उनको ठाउँमा वरियतामा अघि रहेका उपरथि ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथि बढुवाका लागि सिफारिस गरेको थियो । तर, पाण्डेको उमेर विवादका कारण राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएपछि सिग्देलको बढुवा प्रक्रिया अघि बढेको हो । सेनामा रथिको दरबन्दी कात्तिक ११ गतेदेखि रिक्त छ । प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथिको दरबन्दी रिक्त भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर