निषेधित क्षेत्र घोषणा गर्नुको कारण माग

काठमाडौं ।  सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण मागेको छ ।  न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार सो आदेश गरेको हो ।

अधिवक्ता स्वागत नेपालले  माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणागरेकोविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै रिट निवेदन दर्ता गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर