पूर्वअनुमति दिएर कार्यक्रम गर्न नदिएको प्रसाईँको गुनासो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रशासनबाट पूर्वअनुमति दिएर कार्यक्रम गर्न नदिएको गुनासो गरेका छन् । भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले तीनकुनेमा गर्ने अनुमति दिएर अन्तिममा प्रतिबद्धता तोडेको आरोप लगाएका छन् ।

‘म लहानमा हुँदा काठमाडौंको सिडियो साहेवले फोन गरेर पहिलो दिन बल्खुमा गर्ने स्थान दिनुभयो, भोलिदेखि तीनकुनेमा गर्छौ‌ भने पछि हुन्छ भन्नुभएको थियो, मैले पनि हुन्छ भनेको थिएँ,’ प्रसाईँले भने । उनका अनुसार काठमाडौं जिल्ला अधिकारीले पूर्व सहमति दिएर अन्तिममा प्रतिबन्ध लगाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर