मेस्सीसँगको विवादपछि रोड्रिगोमाथि रङ्गभेदी दुर्ब्यवहार

काठमाडौं । ब्राजिली फरवार्ड रोड्रिगोले लियोनल मेस्सीसँगको विवादपछि आफुमाथि रङ्गभेदी दुर्व्यवहार भएको बताएका छन् ।

उनले आफुमाथि सामाजिक सञ्जालमा रङ्गभेदी दुर्व्यवहार भएको बताएका हुन् । दुवै जना खेलाडी विश्वकप छनोटमा रिय दि जेनेरियोमा उत्रिएका थिए । करिब ३० मिनेट ढिला सुरु भएको खेलमा पुलिस र पाहुना टोलीका समर्थकबीच झडप भएको थियो ।

रोड्रिगोले सो खेलपछि आफुले बादर र केराहरुको संकेत सामाजिक सञ्जालमा प्राप्त गरेको बताएका छन् ।  ‘मेरो समाजिक सञ्जालमा अपमानको बाढी आएको छ ।’ रोड्रिगोले इन्टाग्राममा लेखेका छन् ।

‘कामको बेला सधै रङ्गभेदी व्यवहार देखिन्छ । उनीहरुका लागि यो दुर्भाग्य हो । हामी रोकिने छैनौं ।’ उनले भनेका छन् । अर्जेन्टिनाका केही खेलाडीद्धारा माराकाना रंगशालामा बढ्दो तनावलाई शान्त गर्ने कोशिश गर्नुअघि मेस्सीसँग ब्राजिली कप्तान माकिन्होस र रोड्रिगोले छलफल गरेको देखिएको थियो ।

निकै ढिला गरेर विश्वकपको छनोट अघि बढेको थियो, जसमा अर्जेन्टिनाले १–० को जित निकालेको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर