दुर्गा फोर्सका समर्थकहरू धमाधम पक्राउ

काठमाडौं  ।  गणतन्त्रविरोधी आन्दोलनमा तीनकुनेमा भेला भएकालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको आदेशविपरीत तीनकुनेमा जम्मा भएका दुर्गा प्रसाईं समर्थकहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीर गोर्खालीका संयोजक सौरभ भण्डारीलगायत रहेको छ । प्रहरीले भने पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन । प्रसाई नेतृत्वको अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएको छ ।

 बल्खुमा बिहीबार युवा संघ नेपाल र प्रहरीसँग प्रसाईं समर्थकको मुडभेड भएको थियो । काठमाडौं प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै सो स्थानमा प्रदर्शन गर्न अनुमति नदिएको प्रष्ट पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर