शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ २७ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९२ पैसा पाइन्छ ।  आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६८ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९२ पैसा र बिक्रीमा ८ रूपैयाँ ९६ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४४ पैसा र बिक्रीदर २८ रूपैयाँ ५७ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६७ पैसा तोकिएको छ । विहीबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ०० पैसा तोकिएको थियो  भने बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४१ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०१ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर