दुर्गा फोर्स आज तिनकुनेमा केन्द्रित हुने

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज पनि काठमाडौँमा प्रदर्शन हुने भएको छ। आज तिनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईंले जनाएका छन्।

‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ,शुक्रबार हामी तिनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौँ’ उनले भने। उनका अनुसार सो आन्दोलन काठमाडौँ उपत्यकाबाहिर केन्द्रित मात्र नभई ७७ जिल्लामा नै क्रमशः विस्तार हुनेछ।

हिजो बल्खुमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा १३ जना घाइते भएको जनाउँदै प्रसाईंले भनेका छन, ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८४ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो व्यवस्था परिवर्तन गरि छाड्ने छौँ।’ उनको नेतृत्वमा हिजो भएको प्रदर्शनमा हजारौं मानिसहरु बल्खुमा उपस्थित भएर समर्थन जनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर