दुर्गा प्रसाईं हावा खुस्किएको पात्र : बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले दुर्गा प्रसाईं हावा खुस्किएको पात्र भएकाे बताएका छन् ।

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दैआफूहरुसँग निहु खोजेर आउने कसैलाई नछाड्ने चेतावनी दिएका उनले दुर्गा प्रसाईं हावा खुस्किएको पात्र भएका टिप्पणी गरे ।

युवा संघलाई चुनौती दिन खोज्ने प्रसाईंले आज बल्खुमा दुई तीन सयभन्दा मान्छे उतार्न नसकेको उनको टिप्पणी गरे ।

नेपालको यस्तो वातावरण देख्दा देख्दै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नसच्चिए सिंहदबारको कुर्सीबाट सडकमा ल्याएर पछार्ने बस्नेतले चेतावनी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर