करिब एक करोड रुपैयाँसहित बागबजारबाट श्रेष्ठ पक्राउ

काठमाडौं । करिब एक करोड रुपैयाँसहित काठमाडौं महानगरपालिका–२८ बागबजारका ४८ वर्षीय रुपेश श्रेष्ठ पक्राउ परेका छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। उनी हुण्डी कारोबारी र अनलाइन जुवा खेलाउने व्यक्ति रहेको प्रहरीले जनाएको छ।

हुण्डी, अनलाइन जुवा खेलाउने र क्रिप्टोको कारोबार गर्ने गरेको आरोपमा श्रेष्ठको घर प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा ९९ लाख २ हजार ८२५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर