बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० कै खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। यसैगरी अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा तोकिएको छ। यूरो १ को खरिद दर १४५ रुपैयाँ ५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा तोकिएको छ।

यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३७ पैसा र बिक्री दर ८७ रुपैयाँ ७७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। क्यानेडियन डलर भने १ को खरिद दर ९७ रुपैयाँ १० पैसा र बिक्री दर ९७ रुपैयाँ ५४ रुपैयाँ कायम गरिएको छ।

यस्तै साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा तोकिएको छ। यूएई दिराम भने १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर