देशलाई प्रतिगमनतिर जान दिँदैनौँ : अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ जानबाट आफ्नो पार्टीले रोक्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले देशलाई पछाडि लैजाने षडयन्त्रलाई आफूहरूले रोक्ने बताए।

‘देशलाई प्रतिगमनतिर जान दिँदैनौँ। पछाडि फर्किन दिँदैनौँ।, यो हाम्रो संकल्प र उद्‍घोष हो।’ ओलीले भने। उनले सरकारले देशलाई प्रतिमगनतर्फ लैजान उपयुक्त परिस्थिति निर्माण गरिरहेको आरोप लगाउँदै त्यस्तो नालायकीपन स्वीकार्य नहुने पनि बताए।

‘देशलाई प्रतिगमनतर्फ जाने अनुकूल परिस्थितिको सिर्जना गर्ने निकम्मापन हामीलाई स्वीकार्य छैन। सरकारले मुलुकलाई पछाडि फर्काउने अनुकूल वातावरण तयार गरिरहेको छ र प्रतिगामीलाई हौसला प्रदान गर्ने काम गरिरहेको छ। यो नालायकी पन हामीलाई स्वीकार्य हुँदैन।’ ओलीले भने, ‘कि उपयुक्त ढंगले सरकार चलाउनुपर्छ नभए छाड्नुपर्छ ।

‘हामी देश बनाउने पार्टी हो, त्यसका लागि एकता, सक्रियता, अनुशासित प्रयास आवश्यक छ। देश बिग्रिरहन दिन सकिँदैन। हिंसाको बाटो हामीले अपनाएका छैनौं, अपनाउँदैनौँ। ओलीले भने, ‘शान्तिपूर्ण ढंगले सरकारलाई आवश्यक पर्यो भने दबाब दिनुपर्‍यो। सुझाव दिनुपर्‍यो। मानेन भने देशभन्दा ठूलो न सरकार हुन्छ न अरू केही‚ देशको रक्षाका लागि एमाले कुनै पनि सम्झौता गर्न तयार छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर