फिल्ममा हेट स्पिच सेन्सर गर्न मेयर बालेनको सुझाव

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन फिल्म सेन्सर बोर्डलाई पत्र लेखेका  छन् । उनले चारबुँदे सुझावसहितको  उक्त पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो भनिएको चलचित्र प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ ।

कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच) मा रोक लगाउने समेत उनले माग राखेका छन् । यी विषयवस्तुलाई प्राथमिकतामा राख्न समेत उनको आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर