“ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्दा मसँग अनुमति लिनुपर्छ”

काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलन सफल नभएसम्म घर नफर्किने बताएका छन् । उनले भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा कि जेल जाने कि मर्ने कशम खाएर आफू काठमाडौं आएको बताएका हुन् ।

उनले भने ‘हाम्रो अभियान दबाउन धेरै लगानी गरेका छन् । हामीसँग पैसा नभए पनि तर हामीसँग धेरै मानिस छन् । कि जेल जान्छु कि मर्छु भनेर काठमाडौं आएको हुँ’, उनले भने, ‘आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’ उनले  ओलीको कम्युनिस्ट सिद्धान्त असफल भएको पनि बताए । उनले  ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्ने चेतावनी दिए ।

उनले ओलीलाई हजुरबुवा भनी सम्बोधन गर्दै भने, ‘ओलीको कम्युनिस्ट सिद्धान्त गएको छ । अब कसरी मुख देखाउनुहुन्छ ? हजुरबुवा झापा जाँदा कसरी मुख देखाउनु हुन्छ ? अब ओलीले झापा र महेश बस्नेतले भक्तपुर प्रवेश गर्न दुर्गा प्रसाईँसँग अनुमति लिनुपर्छ ।’ उनले युवासंघका कार्यकर्ताले महिला बसेको ठाउँमा हातपात गर्न खोजेको आरोप लगाए । महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्य प्रशासन मौन भएकोमा उनले आपत्ति जनाए ।

ओली र बस्नेतलाई चेतावनी दिँदै उनले मित्रवत् व्यवहार गर्दा राम्रो हुने तर दुश्मनी गर्दा ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । गणतन्त्रमा बोल्ने अधिकार सबैको भएको भन्दै एक्लो दुर्गा प्रसाईँसँग राज्य हल्लिएको उनले बताए । पृथ्वीनारायण शाहले बनाएको जग भत्काएकाले गणतन्त्र हल्लिएको उनको तर्क थियो । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर