भरतपुरमा बोरामा फालेको अवस्थामा दुई शव फेला

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोक नजिकैको पूर्व-पश्चिम राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ ।

चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बुधबार दिउँसो शव फेला परेको जानकारी दिए । हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको हो । शवको मुखमा टेप समेत लगाइएको प्रहरीले जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२ को सिमानामा पर्ने मिलनचोकस्थित पूर्व-पश्चिम राजमार्गको पुल मुनी शव भेटिएको थियो । दुवै जनाको शव छुट्टा छुट्टै जुटको बोराभित्र रहेको थियो । दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । शवको परीक्षण र घटनाको थप अनुसन्धान कार्य भइराखेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर