राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ को प्रदर्शनको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने प्रदर्शनको अनुगमन गर्ने भएको छ। स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न बुधबार  मानव अधिकार अयोगलाई बुझाएको ज्ञापनपत्र ग्रहण गरेसँगै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन्।

उनले प्रदर्शनको मानव अधिकार आयोग विभागअन्तर्गत निरीक्षण गर्ने बताए। उनले कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने बताए। उनले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुने उल्लेख गरे।

उनले भने, ‘कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्यो अनुसार हामी अघि बढ्नुपर्छ । अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौँ। हिंसा हुन नदिनेतिर हामी लाग्छौँ । सम्बन्धित निकायलाई आह्वान गर्दछौँ, सम्बन्धित निकायलाई सक्रिय बनाउँछौँ । मानव अधिकार आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संर्वधन, प्रवर्धन हामी गर्नेछौँ । जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगो लगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर