अमेरिकी डलर अहिलेसम्मकै महँगो

काठमाडौं । अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ६८ पैसा तय गरेको छ । यसअघि गत कात्तिक २५ गते १ डलरको बिक्री दर उच्च विन्दुमा पुगेको थियो । त्यस दिन एक डलरको भाउ १३३ रुपैयाँ ६५ पैसा पुगेको थियो । आजको लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो । नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ । नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ । यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ । एक डलर बराबर ८।३२ भारु तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर