ब्राजिल र अर्जेन्टिनाका समर्थहरूबीच कुटाकुट

काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीचको खेल केहीबेर अवरूद्ध भएको छ। रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच कुटाकुट भएपछि खेल आधा घन्टा अवरूद्ध भएको हो। बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि दुई देशका समर्थक समूहबीच हानाहान भएपछि माराकाना रंगशाला केहीबेर तनावग्रस्त बन्यो। दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच कुटाकुट भएको थियो।

दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि  त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गरेका थिए। समर्थकहरूबीच झगडा हुँदा फुटबल हेर्न आएका महिला तथा बालबालिका तथा वृद्ध व्यक्तिहरू आतंकित बनेका थिए। माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा  गएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर