टिकटकको मोहमा असुरक्षित नेटवर्क प्रयोग नगर्न अनुरोध

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै सरकारले टिकटक बन्द गरे पनि फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याकमेलमा परिने र जोखिम बढ्ने नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो। मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता नेत्रप्रसाद सुवेदीले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै यस्तो अनुरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘‘सामाजिक सद्भाव र नागरिक सुरक्षालाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायकले डीएनएस र आईपी एड्रेसमार्फत् टिकटकको वेबसाइट बन्द गरे पनि कतिपय प्रयोगकर्ताले फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्न जाने, बैङ्क खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर